सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रहमन्यम जयशंकरले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बुधबार नेपाल भारतको संयुक्त बैठकमा भाग लिन हिजो नेपाल आएका विदेशमन्त्री जयशंकरले आज विहान राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गरेका हुन्।
राष्ट्रपतिसँगको भेटमा नेपाल र भारत सम्बन्धका बारेमा चर्चा भएको शितल निवासले जनाएको छ। जयशंकरले आजै विहान पशुपतिनाथको दर्शन गरेका थिए। जयशंकरले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दुई दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री जयशंकर आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा