सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सानिमा लाईफ इस्योरेन्स कम्पनीमा १५ बर्षको लागि जिवन बिमा गरेमा प्रत्येक बर्ष बीमाङ्कको ६ प्रतिशतका दरले फिर्ता गरिने उद्देश्यले ‘सानिमा वार्षिक धनफिर्ता’ जीवन बीमा योजना सार्वजनिक गरिएको छ ।
यो योजनाअनुसार सानिमा लाईफ इन्स्योरेन्सले १५ वर्षे अवधिको लागि जीवन बीमा गरेमा हरेक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाङ्कको ६ प्रतिशतका दरले फिर्ता गरिने छ भने, २० वर्षे अवधिको लागि जीवनबीमा गरेमा बीमाङ्कको ५ प्रतिशतका दरले बीमितलाई फिर्ता गरिने जनाएको छ ।
बीमा पोलिसी परिपक्व भएपछि बीमितले फिर्ता लिएर बाँकी रहेको बीमाङ्क रकममा बोनस रकम थप गरी भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
यसैगरी कम्पनीले १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सक्ने जनाएको छ । यो योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष तोकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा