सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका आज फेरी सिंगापुर जादै छन् ।
यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का विहिवार (आज) दिउँसो साढे १ बजे सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्रीलाई केही नयाँ औषधी चलाइएको र सोको फलोअपका लागि उनी फेरी सिंगापुर जान लागेका हुन् ।
यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाह अनुसार सिंगपुर जान लागेका बताइएको छ । औषधिको साइड इफेक्टले ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ। सिंगापुरमा कति बस्नुपर्ने र कस्तो उपचार हुन्छ भन्नेबारे केही खुलाइएको छैन ।
प्रधानमन्त्री ओलीले सिंगापुरको सरकारी अस्पताल नेशलन युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा