सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।
समितिको आजको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको हो ।
विज्ञापनसम्बन्धी विधेयक संशोधन गर्दै प्रतिनिधिसभाको विकास समितिले सामाजिक सञ्जालमा विज्ञापन गर्दा विज्ञापन गर्ने व्यक्ति र संस्थाको पहिचान अनिवार्य खुलाउनु पर्ने गरेको छ ।
त्यस्तै विधेयकमा टेलिफोन र विद्युत्का पोलमा विज्ञापन गर्न नपाइने प्रावधानसमेत राखेको छ । विधेयकमा सरकारी विज्ञापन गर्दा विज्ञापन बोर्डमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
समितिले विज्ञापनरहित टेलिभिजन प्रसारण ‘क्लिन फिड’ को व्यवस्था समेत पारित गरेको छ।
राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो । समितिले भने तत्कालै लागू हुने व्यवस्था गरेको छ । ऐन लागू हुनुअघि विदेशी प्रशारण संस्थासँग सम्झौता गरी विज्ञापन बजाइरहेका प्रशारण माध्यमले भने एक वर्षभित्र ‘क्लिन फिड’ लागू गर्नुपर्नेछ ।
विधेयक लागू भएपछि विदेशी टेलिभिजनहरू नेपालमा विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा