सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । कैलालीको टीकापुरमा भदौ ७ देखि ९ गतेसम्म हुन गइरहेको थरुहट-थारुवान राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा थारु अगुवा नै विभाजित बनेका छन् । आयोजकका रुपमा रहेको पहिलो पक्षले सम्मेलनको तयारि लगभग सकिएको बताएको बेला हालको नेकपा समर्थित थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघ अर्थात दोश्रो पक्षले अधिकारिक आयोजक नभएको सम्मेलनको तुक नरहेको बताएको छ । बुधबार दुवै पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै आआफ्ना धारणा राखेका थिए ।
सीद्धार्थ होटेलमा भएको पत्रकार सम्मेलनमा मोर्चा समुहले अन्यौलपूर्ण बाताबरणमा कार्यक्रम भैरहेकाले त्यसमा आफ्नो बिमति रहेको बताएको छ । संयुक्त प्रेस बिज्ञप्ति निकालेर उक्त पक्षले थरुहट-थारुवान राष्ट्रिय सम्मेलनको आयोजनामा हुन गैरहेको कार्यक्रममा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्मेलनको राजनैतिक उद्देश्य स्पष्ट नभएको, आधिकारिक संस्थागत संस्था नरहेको पाईएको र बिगतको आन्दोलनको क्रममा घटेको दुखद घटनालाई स्मरण गराउन झल्को दिनेगरी कार्यक्रमको मिति तय गरिएको जनाएको छ । अन्यौलपूर्ण कार्यक्रममा आफ्नो मोर्चाको समर्थन मरहेको बताउदै उक्त सम्मेलनमा आफ्नो मोर्चाको कुनै पनि सहभागिता नरहने बिज्ञप्तिमा उल्लेख छ ।
यसका साथै उक्त सम्मेलनको तयारीका लागि बनाइएका समिति, उपसमितिमा आफ्नो मोर्चा तर्फका केहि व्यक्तिको असहामतिमै नाम समावेश गरिएको समेत उल्लेख गरिएको छ । थारु राष्ट्रिय मुक्ति मोर्चाका कैलाली जीला समिति सचिव प्रेम बहादुर डगौरा (रबिन्द्र) र नेपाल लोकतान्त्रिक थारु संघ कैलाली जिल्ला समितिका अध्यक्ष भागीराम चौधरीको हस्ताक्षरित बिज्ञप्तिमा समाजमा उत्पन्न सकारात्मक, नकारात्मक घटना, परिघटना प्रति आफ्नो मोर्चा पनि जिम्मेवार हुने भएकोले अग्रगामी राजनैतिक परिवर्तनका उपलब्धीको रक्षा र थप उपलब्धीको प्राप्तिका निम्ति आमा जनसमुदायलाई समेत रहन समेत मोर्चाले आग्रह गरेको छ । पत्रकार सम्मेलनका क्रममा मोर्चाका सदस्यहरुले पहिला आन्दोलन, त्यसपछि संघर्ष समिति र अहिले सम्मेलनको नाम दिएर अन्यौला बढाएको समेत आपत्ति जनाएका छन् ।
यसैगरी सम्मेलनको आयोजक पक्षले पनि भावना होटेलमा पत्रकार सम्मेलन गर्दै २०७२ भदौ ७ र ८ गते घटेको टीकापुर घटना पश्चात सरकार, गृह, प्रशासनको निर्मम दमन, राज्य आतंकले थरुहट क्षेत्र भयभित र आक्रान्त भएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्ति मार्फत अधिकारका लागि शान्तिपूर्ण संघर्षमा लागेका संघर्ष समितिका संयोजक धनीराम चौधरी, कैलाली १ बाट बहुमतले निर्वाचित रेशम चौधरी लगायतका शान्तिपूर्ण आन्दोलनमा लागेकाहरु सुनियोजित रुपमा झुठा मुद्दा लगाई अदालती न्याय प्रक्रियाबाट फ़साईएको उल्लेख गर्दै उक्त आतंकबाट थारु र गैरथारु समुदायको बिचमा रहेको मानसिक एवं मनोबैज्ञानिक त्रासलाई हटाउन र उक्त घटनापछी फैलाइएका भ्रमहरु चिर्दै सामाजिक सद्भाव, एकता एवं मेलमिलापको सन्देश दिन जरुरी रहेको र त्यसैका लागि राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ । अब थारुहरुका माग मुद्दा नयाँ ढंगले अगाडी बढाउनुपर्ने जनचाहना अनुसार २०७६ जेठ १८ गते काठमाण्डौ थरुहट-थारुवान राष्ट्रिय भेलाले सबै थरुहट शक्ति गोलबन्द भएर अगाडी आउनुपर्ने भन्दै “थरुहट एकता, शान्ति, सद्भाव र संघर्ष” गर्नका लागि मिनराज चौधरीको संयोजकत्वमा ५१ सदस्यीय थरुहट(थारुवान राष्ट्रिय सम्मेलन केन्द्रिय तयारि समिति गठन गरेर अहिले त्यहि समितिको आयोजकत्वमा राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको उक्त पक्षको बताएको छ ।
कार्यक्रममा काठमाण्डौ उपत्यका लगायत थरुहट तराईका २४ सै जिल्ला र भारत, कोरिया लगायत अन्य राष्ट्रमा रहेका थारु संघसंस्थाबाट थारु अगुवाहरुको अत्साहजनक सक्रिय सहभागिता रहने बिज्ञप्तिमा उल्लेख गरिएको छ । यस सम्मेलनको तयारीमा रहदा थरुहट थारुवान एकता देख्न नचाहने तत्वहरुबाट बिभिन्न भ्रमहरु सृजना गर्ने काम भएको भन्दै त्यस्ता तत्वहरुलाई खबरदारी गर्दै अगाडी बढ्ने आयोजकले जनाएको छ । यो कुनै व्यक्ति वा दल बिशेषको स्वार्थबाट हुन लागेको कार्यक्रम समग्र थरुहट थारुवान सशक्त र प्रभावकारी बनाउन आफैमा नियन्त्रित, निर्देशित र स्वचालित रही योजनाबद्द ढंगले गरिन लागेको कार्यक्रमा रहेको आयोजकले स्पष्ट पारेको छ ।
“थरुहट थारुवान एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन, संविधान संशोधन सहित थरुहट थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन” भन्ने मुल नाराका साथ टीकापुरको सिटी हलमा हुने सम्मेलनमा समाजका सबै अंगहरुको प्रतिनिधीत्व हुने बताइएको छ । सम्मेलनका कार्यक्रमहरु समेत सार्वजनिक गर्दै आयोजकले सम्मेलन तयारि समिति र उद्योग बाणिज्य संघ टीकापुरको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आयोजक र सरोकारवालाहरुको संयुक्त पहलमा भदौ ५ गते बिहान खडक चोक देखि कार्यक्रम स्थल सम्म नगर सरसफाई गर्ने, कार्यक्रमको पहिलो दिन अर्थात ७ गते बिहान सिटि हलको प्रांगणमा रक्तदान कार्यक्रम गर्ने, सोहि दिन मध्यान्न १२ बजे सिटि हलको प्रांगणमा सम्मेलनको उद्घाटन गर्ने, कार्यक्रमको दोश्रो दिन बिहान सिटि हलमा बन्दसत्र सुरु हुने र अन्तिम दिन उक्त सम्मेलनमा हुने निर्णय तथा निष्कर्षलाई घोषणासभा गरेर सार्वजनिक गर्ने र कार्यक्रमको समापन गर्ने भनिएको छ ।
तयारि समितिका केन्द्रिय संयोजक मिनराज चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा लक्ष्मण थारुले खाने, बस्ने, प्रचारप्रसार, स्वागत लगायतका तयारि सकिसकेको बताउदै सम्मेलनबारे गलत प्रचार नगर्न आग्रह गरे । उनले यो कुनै व्यक्ति र दलको कार्यक्रमा नरहेको समेत बताए । त्यस्तै केन्द्रिय तयारि समिति संयोजक मिनराज चौधरीले पत्रकारहरुको केहि जिज्ञासाको जवाफ दिदै लोकतान्त्रिक गणतन्त्रमा सबैले आफ्नो कुरा राख्न पाउने अधिकार रहेको बताए । थारु र गैरथारू बीच अझै पनि त्रासको बातावरण रहेको टीकापुरमा राज्यले केहि गर्न नसकेपछि थारु समुदाय आफैले सामाजिक सद्भाव र आफ्नो मागहरु राख्न एक जमर्को गरिरहेको बताए । त्यस्तै उनले टीकापुर घटना सम्बन्धि राज्यले आफैले बनाएको प्रतिवेदन सार्वजनिक नगर्नुमा पनि गम्भीर रहस्य रहेको भन्दै थारुहरुका बिरुद्द फैलिएका कपोकल्पित, भ्रमपूर्ण कुराहरुमा कुनै नरहेको समेत दाबि गरे ।
सुरक्षाका सन्दर्भ कुनै पनि कमीकमजोरी नरहने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदिप गिरीले बताउनु भएको छ । सेतो खबर संग कुरा गर्दै उनले सुरक्षाका हरेक अंगहरु संग समन्वय गर्दै अगाडी बढ्ने बताए । आयोजकको पनि आफ्नै स्वयं सेवक रहने बताउदै बिगतका घटनाबाट पाठ सिकेको र त्यहि अनुसार कार्यक्रमलाईशान्तिपूर्ण बातावरणमा सम्पन्न गर्न आफ्नो कमीकमजोरी नरहने जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा