सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउदी अरबमा २१ बर्ष भन्दा माथिका महिलाहरुलाई पासपोर्ट लिन र कुनै पुरुष संरक्षकको अनुमति बिना विदेश यात्राको अनुमति सम्बन्धि ऐतिहासिक सुधारलाई लागु गरिएको छ ।
साउदी अरबका महिलाहरुको अवस्थालाई लिएर विश्व भर आलोचना भईरहेको थियो भने मानवअधिकार आयोगका अनुसार साउदी महिलाहरुलाई दोयम दर्जाको नागरिक मानिन्छ । महिलाहरुले हरेक प्रकारको महत्वपुर्ण निर्णयको लागी पुरुष संरक्षक माथि निर्भर रहनु पर्दछ ।
यो सुधारको घोषणा यही महिनाको शुरुवातमा गरिएको थियो । मंगलबारदेखि यसलाई लागु गरिएको छ । यो कदमले प्रतिबन्धात्मक संरक्षकता प्रणाली कमजोर भएको छ जुन लामो समयदेखी महिलाहरुको दमनको प्रतिकको रुपमा रहेको थियो ।
विभागले ट्विटमा भनेको छ कि पासपोर्ट विभागले पासपोर्टको अवधि बढाउने वा पासपोर्ट जारी गर्ने र देशबाट बाहिर यात्राको अनुमति सम्बन्धमा २१ बर्ष र त्यो भन्दा बढि उमेरका महिलाहरुको आवेदन स्विकार गर्न शुरु गरेको छ ।
यो भन्दा पहिला महिलाहरुलाई विदेश यात्रा गर्नको लागी उनीहरुका पुरुष संरक्षक श्रीमान, पिता र अन्य पुरुष हरुको आवश्यकता पर्दथ्यो ।
यसको अलावा, साउदी अरबमा महिलाहरुले बच्चालाई जन्म दिन, विवाह वा सम्बन्ध विच्छेदलाई पनि आधिकारीक रुपमा पंजीकृत गर्ने अधिकार पनि पाएका छन् । उनीहरुलाई पुरुष जती नै नाबालीक बच्चाहरुको संरक्षकको रुपमा मान्यता पनि दिइएको छ ।
यो सुधारलाई लिएर देश तथा विदेशमा ब्यापक प्रशंसा भएको छ, तर कट्टर रुढिवादिहरुले यसलाई ‘गैर इस्लामी’ बताउदै निन्दा समेत गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा