सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकरबीच शिष्टचार भेटवार्ता भएको छ ।
भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपालको राजधानी काठमाडौं आएका भारतीय विदेश मन्त्री जयशंकरले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरिएको छ ।
उक्त शिष्टचार भेटवार्ताका क्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतले उपस्थित जनाएका छन् ।
बुधबार संयुक्त आयोगको बैठकमा नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेश मन्त्री जयशंकरको सम्मानमा बुधबार साँझ रात्रीभोजको आयोजना गर्ने बताएका छन् ।
विदेश मन्त्री जयशंकरले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने र अपरान्ह साढे ३ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । उनको यो भ्रमण विदेश मन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा