सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकर काठमाडौं आइपुगेका छन्। बुधबार मध्यान्ह काठमाण्डौ झरेका जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्।
आजदेखि सुरु हुन लागेको नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन उनी काठमाण्डौँ आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्रीलाई आजै २ बजे भेट्नेछन्।
अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यो बैठक दुई दिन चल्ने छ।
तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा