सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी । बैतडीमा एकजना दृष्टिविहिन किशोरी पनि माध्यमिक शिक्षा ग्रेड वृद्धि परीक्षामा सहभागी जनाएकी छन । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ८ कठमडा घर भएकी दीपा बोहरा केदार माध्यामिक विद्यालय कठमडाकी विद्यार्थी हुन् । आँखाले अपाङ्ग भएपनी पढेर सपाङ्गको भन्दा राम्रो र ठूलो काम गर्ने सोच भएकी दिपा सपाङ्ग भन्दा धेरै अध्ययनमा रुचि राख्ने किशोरी रहेको शिक्षकहरुले बताएका छन ।
यसैबर्ष माध्यमिक शिक्षा परीक्षा दिएकि उनले गणित, विज्ञान र समाजिक बिषयको ग्रेड वृद्धिका लागि परीक्षा दिईरहेकी छन । जगदम्बा माध्यामिक विद्यालय रानीबुंगा केन्द्रमा सहयोगी सुमित्रा साउँद मार्फत दीपाले परीक्षा दिइरहेकी केन्द्राध्यक्ष पुष्पराज लेखकले जानकारी दिए । दीपाका लागि अलगै कोठाको व्यवस्था गरी आधा घण्टा थप समय समेत दिइएको लेखकले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा