सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अनरगत लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको खेलमा अफगानिस्तानले पहिलो जित हाँसिल गरेको छ ।
अफगानिस्तानले मंगलबार भएको खेलमा बंगलादेशलाई ३–२ को सेटमा पराजित गरेको छ । बंगलादेशलाई अफगानिस्तानले २५–२१, १९–२५, १८–२५,२५–२३, १५–१२ को सेटमा पराजित गरेको हो । समूह ‘बी’ मा रहेको अफगानिस्तानले दुई खेलबाट दुई नै अंक जोडेको छ ।
यो जित सँगै अफगानिस्तानले सेमिफाइनलको सम्भावना कायम राखेको छ भने, पहिलो खेलमा तुर्कमेनिस्तानसँग पराजित भएको थियो ।
यसैक्रममा, दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो ।
यस्तै, मंगलबार भएको अर्को खेलमा उज्वेकिस्तानले तुर्कमिनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । उज्वेकिस्तानले २५–२१, २५–१८, २५–१५ को सेटमा हराएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा