सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । ४४ वर्षको बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई एउटा आयुर्वेद उत्पादन कम्पनीले विज्ञापनको लागि १० करोड भारतीय रुपियाँ अफर गरेको थियो । सो अफरलाई उनले अस्वीकार गरेकी छन् ।
अरु भन्दा अग्ली रहेकी अभिनेत्री शिल्पा सफल फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटकै कारण सधैँ चर्चामा रहिरहेकी छन् ।
सो कम्पनीले शिल्पालाई ‘आयुर्वेदिक स्लिमिंग पिल्स’ को प्रमोशनको लागि अफर गरेको मिडिया रिपोर्टले जनाएको छ । उनले आयुर्वेदिक पद्धतीबाट पातलो बन्ने चक्कीको विज्ञापनको लागि गरिएको उक्त अफर अस्वीकार गरेकी हुन् ।
शिल्पाले भनिन्, ‘म यस्तो कुनै कुरा पनि बेच्न सक्दिन जसमा मलाई विश्वास छैन । स्लिमिंग पिल्स र फ्याट डाइट तपाईंलाई आर्कषित त गर्न सक्छन् किनकी यसले छिट्टै असर देखाउँछ । तर एउटा नियममा टिकिराख्नुे र स्वस्थ खानुमा आफूलाई गर्व महसुस हुन्छ । यसको मुकाबिला कसैले गर्न सक्दैन । भनेको मतलब कसैको दबाबमा आएर कोहि मोटो वा दुब्लो बन्न सक्दैन ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा