सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधिसभाबाट भूमिसम्बन्धी आठौं संशोधन विधेयक सर्वसम्म स्वीकृत भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकले भूमिसम्बन्धी आठौं संशोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सर्वसम्मतिले स्वीकृत भएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक २०७५ माथि छलफल गरियोस भनी संसदमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
विधेयक पारितसँगै १० वर्षदेखि बस्दै आएको जग्गा सुकुम्बासीले स्वतस् पाउने भएका छन्।
विधेयकमा भनिएको छ “कम्तिमा दश वर्षदेखि आवाद कमोत भएको ऐलानी वा अन्य सरकारी जग्गा वा अभिलेखमा वन क्षेत्र जनिएको भएतापनि आवादीमा परिणत भएको जग्गामा आबाद कमोत गरी आएका भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोवासीहरूलाई एक पटकका लागि नेपाल सरकारले निजहरूले आबाद कमोत गर्दै आएको स्थानमा वा नेपाल सरकारले उपयुक्त ठहर्याएको अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हद नबढ्ने गरी जग्गा उपलब्ध गराउने।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा