सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियन्त्रणमा रहेको परमाणु हतियारबारे विश्वले गम्भीरतापूर्वक सोच्नु पर्ने भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दैै भनेका छन्, ‘विश्वले भारतको परमाणु हतियारबारे सोच्नु पर्छ । किनकी यो फासीवादी तथा जातिवादी हिन्दू सुप्रिमो मोदी सरकारको नियन्त्ररमा रहेको छ । यो एउटा यस्तो मुद्दा हो जसले यस क्षेत्रलाई मात्र होइन पूरा विश्वलाई प्रभावित पार्नेछ ।’
The World must also seriously consider the safety & security of India's nuclear arsenal in the control of the fascist, racist Hindu Supremacist Modi Govt. This is an issue that impacts not just the region but the world.
— Imran Khan (@ImranKhanPTI) August 18, 2019
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतले परमाणु हतियार ‘पहिले प्रयोग नगर्ने नीति’ मा पुनर्विचार गर्नसक्ने भन्ने अभिव्यक्ति दिएपछि पाकिस्तानी प्रधानमन्त्री इमारानले यस्तो प्रतिक्रिया दिएको हो ।
सिंहले केही दिनअघि भारत यो नीतिमा प्रतिबद्ध रहे पनि भविष्यमा परिस्थितिमा निर्भर रहने जनाएका थिए ।
इमरानले अर्को ट्वीटमा भनिएको छ, ‘जसरी नाजीहरुले जर्मनीमाथि कब्जा जमाएका थिए, त्यसरी नै भारतमाथि फासीवादी, जातिवादी हिन्दू वर्चस्ववादी विचारधारा र नेतृत्वले कब्जा गरेको छ । यसकै कारणले दुई हप्तादेखि भारत प्रशासित कश्मीरका ९० लाख मानिसको ज्यान खतरामा छ । यो खतराका बारेमा विश्वले थाहा पाउनुपर्छ र संयुक्त राष्ट्र संघलाई पर्यवेक्षकका रुपमा पठाउनुपर्छ ।’
पाकिस्तानी प्रधानमन्त्री इमरानले अगाडि भनेका छन्, ‘यो चुनौती पाकिस्तान र भारतका अल्पसंख्यकका लागि पनि छ । गूगल गरेर नाजी विचारधारा र जातीय हिंसा तथा आरएसएस–बीजेपीका संस्थापकबीचको विचारधाराको समानता थाहा पाउन सकिन्छ ।’
Already 4m Indian Muslims face detention camps & cancellation of citizenship. World must take note as this genie is out of the bottle & the doctrine of hate & genocide, with RSS goons on the rampage, will spread unless the international community acts now to stop it.
— Imran Khan (@ImranKhanPTI) August 18, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा