सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।
पुडासैनीको मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
गत साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयानका लागि जिल्ला अदालत चितवनले दिएको ५ दिनको म्याद सकिएपछि आज उनीहरुलाई म्याद थपका लागि अदालत लगिँदैछ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लका अनुसार अनुसन्धानका लागि अझैँ समय लाग्ने भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने भएको हो ।
प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा