सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । ललितपुरमा एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अनरगत आज तीनवटा खेल हुदैँछ ।
लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने उद्घाटन खेलरप्रतियोगितामा सोमबार बिहान १०ः०० बजेदेखि तुर्कमिनिस्तान र अफगानिस्तानबीच पहिलो खेल भएको थियो ।
आज दिउँसो ३ बजे हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेका बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने, दोस्रो खेलमा तुर्कमिनिस्तान र उज्वेकिस्तानबीच प्रतिस्पर्धा गदैछ ।
यसैगरी, सेमिफाइनलको लागि अन्तिम खेलमा कीर्गिस्तानसँग माल्दिभ्सको खेल हुँदै छ । अफगानिस्तान पहिलो खेलमा पराजित भएको थियो । यसैकारण आज अफगानिस्तान बंगालदेशविरुद्ध जित्ने लक्ष्य लिएको छ। अफगानिस्तान आज पनि पराजित भएमा भने प्रतियोगिताबाट बाहिरीनेछ।
यसैगरी बंगलादेश पनि आजको खेलमा पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ भने, समुह बी को खेलमा भिड्न लागेका तुर्कमिनिस्तान र उज्वेकिस्तान दुबैले आफ्नो पहिलो खेलमा जित निकालेका छन्।
आजको खेल जित्ने टिमले सेमिफाइनलको बाटो तय गर्ने छन् भने, खेलमा पराजय भएका टोली पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै रहनेछ।
अन्तिम खेलमा भिड्न लागेका समूह ए का कीर्गिस्तान र माल्दिभ्सबीचको खेलले नेपालको आगामी यात्रालाई असर पार्नेछ।
कीर्गिस्तानले पहिलो खेलमा नेपाललाई सोझो सेटमा हराएर सेमिफाइनलमा पुगिसकेको छ । माल्दिभ्सलाई कीर्गिस्तानविरुद्ध जित निकाल्नुका लागि चुनौती रहेको छ ।
आजको खेलका माल्दिभ्सले कीर्गिस्तानलाई हराएमा समूहको बाँकी दुबै टोली अंकसहित र नेपाल अंकरहित हुनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा