सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । विदेशमा रहेका गुणस्तरिय विश्वविद्यालयबाट दिईने मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते २ दिनसम्म काठमाडौ रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक NAMEएकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ आयोजना हुदै छ ।
नेपालमा पहिलो पटक आयोजना हुने यो मेडिकल एजुकेसन करियर एक्स्पोमा आर्कषक छात्रबृत्तिका प्याकेजको समेत जानकारी दिईने छ । एक्स्पोमा विदेशमा रहेका विभिन्न विश्वविद्यालयमा प्रतिनिधि मेडिकल शिक्षाको बारेमा प्रत्यक्ष जानकारी दिने छन ।
एक्पोमा बंगलादेश, चिन, भारत, पिलिपिन्स, रसिया, युक्रेन, उजबेकिस्थान, जर्जिया, मोरिसस् लगायतका राष्ट्र मेडिकल युनिर्भसिटीका प्रतिनिधीहरु उपस्थित रहने छ । यो शैक्षिक मेलामा MBBS, MD, MS र पारामेडिसिन र नर्सिङ कोर्षका बारेमा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधीले नै जानकारी दिने छन ।
मेलामा नेपाल तथा विदेशमा पछिल्लो समय विकास भएका मेडिकलको उत्कृष्ट शिक्षाका बारेमा सम्पुर्ण जानकारी उपलब्ध हुने छ । नेपाल बाहेक विभिन्न डेस्टीनेसनमा गएर कसरी र कति शुल्क मेडिकल अध्ययन गर्न सकिन्छ सोको बारेमा जानकारी उपलब्ध हुने छ
। मेडिकल एजुकेसन करियर एक्पोका बारेमा डब्लुआरसी नेपालका सिईओ एवम ईन्जिनियर सुदिप नायकले पहिलाको तुलनामा नेपाली विद्याथीहरु विदेशमा समेत गएर अध्ययन गर्ने अवसर सहज हुदै आएको बताए ।
मेलामा ३० लाख रुपैयादेखी माथीको शुल्क सहितको मेडिकल शिक्षा प्याकेजका बारेमा जानकारी लिन सकिने छ । मेरिटका आधारमा विभिन्न विद्यार्थीलाई छात्रबृत्ति दिने तयारीबारे पनि जानकारी गराईदै छ । मेलामा शैक्षिक ऋण सेवा सम्बन्धी जानकारी दिन विभिन्न बैंकहरुलाई पनि निमन्त्रण गरिएको छ । यो एक्स्पोको आयोजना एसके event management ले गर्ने भएको भने स्पोन्सर वनईडरेन्ज अन्सल्टेन्सी गर्ने भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा