सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तपाईले केदिहरुलाई गिरफ्तारीको कहानीहरु त धेरै नै सुन्नु भएको होला, तर के तपाईले रुखको गिरफ्तारीको घटना सुन्नु भएको छ । त्यो पनि एक–दुई बर्षदेखी होइन, १२१ बर्ष पहिला यानी अंग्रेस शासनकाल देखी नै । रोचक कुरा यो छ कि यो बरगदको रुख आज पनि सजाय काटीरहेको छ । यो घटना बर्ष १८९८ को हो जब पाकिस्तान, भारत कै भाग थियो ।
वास्तवमा पाकिस्तानको खैबर पख्तुनख्वा स्थित लंडी कोटल आर्मी केन्टोनमेन्टमा तैथान एक अधिकारी जेम्स स्क्विड रक्सिको नशामा मातिएर पार्कमा घुमिरहेका थिए । अचानक उसलाई लाग्यो कि यो रुख आक्रमण गर्न उ तिर बढिरहेको छ । उसले तुरुन्त आफनो सिपाहिहरुलाई त्यो रुखलाई गिरफ्तार गर्न आदेश सुनाए । यसपछि त्यो बरगदको रुखलाई शंकाको आधारमा सिपाहिहरुले गिरफ्तार गरे । त्यो बेलादेखी अहिलेसम्म यो रुख फलामको सिक्रीमा कैद छ ।
अधिकारीले गरे गल्ति महसुस
अंग्रेज अधिकारी जेम्स जब नशाबाट होसमा आए तब उसलाई गल्ती महसुुुस भयो, तर पनि उनले रुखको सिक्री खोल्न दिएनन् । उनी यसलाई लिएर मानिसहरुलाई एउटा सन्देश दिन चाहन्थे । जेम्स बताउन चाहन्थे कि अंग्रेजी शासन विरुद्ध जाँदा जो कोहीको यो हालत हुन्छ ।
रुखको बोर्डमा लेखिएको छ I am Under arrest
यो रुखमा एउटा बोर्ड पनि झुण्डाइएको छ, जहाँ I am Under arrest लेखिएको छ । यसको साथै यसको पुरै कहानी पनि लेखिएको छ । तथापी, अंग्रेज गए र भारत–पाकिस्तान अलग भए तर रुखले आज पनि अंग्रेजी शासनको कालो कानुन याद दिलाउछ । यो रुख ब्रिटिश शासनको दौरान फंटियर क्राइम रेगुलेशन कानुनको क्रुरता दर्शाउछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा