सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हलीउड एक्टर ड्वेन जोनसन यानी ‘द रक’ का फ्यानहरुको लागी खुशीको खबर आएको छ । ड्वेन ले आफनी मोडल गर्लफ्रेण्ड लरेन हैशनसँग विवाह गरेका छन् । यो कुराको जानकारी स्वयम द रक ले आफनो इंस्टाग्राममा दुई वटा फोटो पोस्ट गर्दे दिएका हुन् ।
ड्वेनले १८ अगस्टमा लरेनसँग हवाई मा विवाह गरेका हुन् । यो विशेष अवसरमा उनिहरुले आफनो नजिकका आफन्त र साथीहरुको मात्र उपस्थितिमा विवाह सम्पन्न गरेका हुन् । मिडिया रिपोर्ट अनुसार, ड्वेन र लरेन २००७ देखी नै रिलेसनमा थिए । द रक को पहिलाको श्रीमती डैनी ग्रासियासँगको एक छोरी पनि छिन भने हालै विवाह गरेका लरेनसँगको पनि रक को एक बच्चा छन् ।
ड्वेन र डैनीले १९९७ मा विवाह गरेका थिए । दुबै जना कलेज साथी थिए । ड्वेनको फिल्मी करियरको कुरा गर्ने हो भने उनी ‘द स्कर्पियन’, ‘फास्ट एण्ड फ्यूरियस’ सीरीज सहित कैयौ सुपरहिट फिल्म खेलीसकेका छन् ।
हालै मात्र ड्वेन को फिल्म ‘हब्स एण्ड शाँ’ पनि रिलिज भएको छ । जुन विश्वको कैयौ देशसँगै नेपालमा पनि धेरै ले मन पराएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा