सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो । सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ । नेपालको कर्णाली अंचलमा विशेष गरि जुम्ला जिल्लामा प्रसस्त मात्रामा स्याउ पाइन्छ। यसलाई कर्णालीमा आर्थिक विकासको आधार पनि मानिन्छ। यो स्याउ खेतिलाई आधुनिक तरिकाले बगैचा प्रणालीलाई स्तर उनती गरि प्रयोगमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ।
प्रयोग :
स्याउबाट जाम, जेली तथा सर्बत बनाइन्छ। यसको रसलाइ साइडर भनिन्छ। स्याउबाट महँगो मदिरा बनाउन सकिन्छ।
जातहरु :
स्याउका जात धेरै छन जस्तै गोल्देन डेलीसस, रोयल, रेड डेलिसियस, रिचा रेड डेलिसियस, ग्रोत्रि स्मिथ, मैकन्टस, जोनाथन, फुजी ,आनना, भेरिड, काज्जा लोचीलि्न, कृस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन आदि।
यी स्याउहरु लाई चाईने हावापानि र तापक्रम , माटो र बगैचा :
हावापानी र माटो : समुन्द्र सतहबाट २००० -३००० मीटर सम्म डेलिसियस जातका बिरुवा लगाउन सकिन्छ भने १२०० -१५०० मीटर सम्म कम उचाईमा हुने (आनना ,भेरिड ,काज्जा लोचीलि्न) जातका बिरुवा लगाउन सकिन्छ । जहाँ असिना र तुसारो नपर्ने र वार्षिक वर्षा: २००-२५० मिलिमिटर उपयुक्त हुन्छ ।
यस पुस र माघमा रोपन मिलने बिरुवाको माग बढी भएको हुनाले PlantNepal।com सगं राम्रो उत्पादन हुने बिरुवाहरु उपलबद छन् ।सथै कृषि विशेषज्ञ व्यक्ति सगं आन्य परामर्श लिन पनि हामीलाई सम्झनहोस।
माटो : स्याउ खेतिका लागी मलिलो, पानीको राम्रो निकास भएको र माटोमा हावाको सन्चार राम्रो भएको दोमट वा बलौटे माटो पि एच ५.५- ६.५ उपयुक्त हुन्छ । माटोमा बगैचा स्थापना गरेमा बिरुवाको आकार राम्रो हुनुका साथै बोट स्वास्थ भई फल उत्पादन पनि राम्रो हुन्छ ।
बगैचा स्थापना गर्नुभन्दा चारैतर्फ र जग्गाको माझमा ३० * ३० से. मी. गहीरो र चौडाईको कुलेसो बनाउन अति आवस्यक हुन्छ ।
फलेको बिरुवामा मल राख्ने समय
प्रत्येक वर्ष फलेको बिरुवामा मल हल्न जरुरी हुन्छ । प्रति बोटमा पाकेको गोबेर मल ४० -५० केजी, नाईट्रोजन ४०० ग्र्म ,फस्फोरस २०० ग्र्म ,पोटास ८० ग्र्म बोटवरिपरि चक्का बनाईएको कुलेसो हाली गोडमेल गरी माटो सम्याउनुपर्छ । मल पुस , माघमा राख्न सकिन्छ , असार ,सा उनमा बोटको फेदको चक्का पल्टाईदिएमा घांस कुहिएर पनि मल उपलब्ध हुन्छ, जसले गर्द माटो खुकुलो भई बोट स्वास्थ बन्दछ।
बोटको उमेर १-४ बर्ष हुदा कम्पोस्ट मल १०-४० केजी , नाइट्रोजन १००-२०० ग्राम, फस्फोरस ५०-१०० ग्राम र पोटास २०-४० ग्राम (प्रति बोट)
बोटको उमेर ५-९ बर्ष हुदा कम्पोस्ट मल ४०-९०केजी , नाइट्रोजन २००-४०० ग्राम, फस्फोरस १००-२०० ग्राम र पोटास ४०-८० ग्राम (प्रति बोट)
प्रति रोपनी स्याउको बिरुवा १३ बोट र प्रति हेक्टर ३६० बोट लगाउन सकिन्छ । जसले रोपनीको उत्पादन ४०० -५०० केजी हुन्छभने ८०० -१०० केजी हेक्टर हुन्छ, क्रिषि विकासको सल्लाह लिई लगाएमा योभन्दा बढी उत्पादन हुनसक्छ।
रोग र रोकथाम :
१ पाउडरी मिल्डयु (Powdery mildew) यो रोगबाट स्या उको नर्सरीदेखि बगैचासम्म नयां पालुवाका हांगहरु र पातमा आक्रमण गरी Powder जसतो सेतो भई बोट बढन र फल फल्नसमेत बाधा पुराउने गर्छ । बर्षको २ पटक क्याराथान २ -३ मी लि वा पोलीराम ४ ग्राम १ लीटर पानीमा राखि स्प्रे(spray) गरेमा नियन्त्रण हुन्छ ।
२ एप्पल रुकावाबा(Apple scab) यो रोग लागेपछि फल र पातमा समेत सानासाना खैरो टिका लागेर फल नोक्सानि गर्छ ,बोडे्मीक्स्चर १० -८-१०० या ईन्डोफिल या ब्लाईटक्स पाउडर २-३ ग्र्म १ लीटर पानीमा राखि माघ र जेठमा स्प्रे गरेमा रोग नियन्त्रण हुन्छ।
३ सन बर्न (Sun burn) यो रोग लागेमा बिरुवाको फेद सुकेर पटपट फुट्न थाल्छ र बोट मर्न सक्छ ,यो रोग देखनसाथ बोडे्पेस्ट या क्लाईटक्स पा उडर लगाएमा नियन्त्रण हुन्छ।
४ स्याउको डाठमा लाग्ने गवारो(Apple stem borer) यो किराले कलीला हांँगाहरुमा बढी आक्रमण गर्छ ,किरा लागेका हांँगाहरु काटेर बालीदेने या पेट्रोल, केरोसिन मा कपास डुबाएर प्वालमा घोचिदिनाले समस्या समाधान हुन्छ।
५ भुवादार लाहि किरा (Wolly aphids) यो किराले हांगहरु , पात, मुलजरामा बढी आक्रमण गर्छ ,यो किरा हल्का बैजनी रंगको हुन्छ ,यो किरालाई नुभान ,डोम,धनवान या रोगर यीमध्ये १ लीटर पानिमा २- ३ मी ली विषादी राखि बर्षको २-३ पटक स्प्रे गरेमा यो किरा नियन्त्रण हुन्छ।
दैनिक स्याउ खानुका फाइदाहरु:
१. पार्किंसन्स रोग लाग्नबाट बचाउँछ
एक अध्ययनका अनुसार ज्यादा फाइबरयुक्त फल खाँदा दिमाख स्वस्थ रहन्छ । जसले फाइबर युक्त फल खान्छ त्यसलाई पार्किंसन्स रोग लाग्ने सम्भावना कम हुन्छ । पार्किंसन्स दिमाखको बिरामी हो । स्याउ खानाले उक्त रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।
२. दाँत स्वस्थ रहन्छ
दाँतलाई सफा र स्वस्थ राख्न चाहानु हुन्छ भने दैनिक स्याउ खानुहोस् । यस्तै स्याउ खानाले दाँतमा लागेका दाग र फोहोरहरु पनि हटाएर सफा र चम्किलो बनाउने काम गर्छ । स्याउ खानाले मुखमा धेरै मात्रामा र्याल उत्पन्न गराउँछ, जसले गर्दा दाँत बलियो र सफा राख्न मद्दत गर्छ ।
३. क्यान्सरबाट बच्न सकिन्छ
स्याउले क्यान्सर जस्तो ज्यान लिने रोगबाट बचाउने काम गर्छ । अमेरिकामा भएको एक अनुसन्धानका अनुसार जुन फलमा एन्टीआक्सीडेन्टस हुन्छ त्यसको सेवनले क्यान्सर लाग्न सक्ने जोखिमलाई कम गर्छ । स्याउ खानाले स्तन, कलेजो जस्तामा क्यान्सर हुने सम्भावना निकै कम गर्छ ।
४. मधुमेह हुन दिँदैन
एक नयाँ अध्ययन अनुसार हर दिन एउटा स्याउ खानाले डायबिटीज बढ्ने सम्भावना २८ प्रतिशत कम हुन्छ । स्याउमा पाइने घुलनशील फाइबरले रगतमा हुने सुगरको मात्रालाई नियन्त्रण गर्छ ।
५. अल्जाइमरबाट बचाउँछ
एक नयाँ अध्ययन अनुसार दैनिक स्याउ वा स्याउको जूस सेवन गर्नाले अल्जाइमरबाट बचाउन सहयोग गर्छ । साथै उमेर अनुसार मस्तिष्कमा पर्ने नकारात्मक प्रभावलाई पनि कम गर्छ ।
६. कोलेस्ट्रोलको मात्रा कम गर्छ
स्याउमा घुलनशील फाइबर धेरै मात्रामा हुन्छ । यसले शरीरमा बोसो लाग्नबाट जोगाउँछ र रगतमा कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । जस कारण तपाईं निकै स्वस्थ रहन सक्नुहुन्छ ।
७. मुटुलाई स्वस्थ राख्छ
एक नयाँ अनुसार स्याउको सेवनले मुटुको धमनीलाई सन्तुलित रुपमा सञ्चालन गर्न सहयोग गर्छ । यसको सेवनले मुटुमा अतिरिक्त दबाब पर्न नदिने र रक्त प्रवाहलाई सुचारु गर्न मद्दत गर्छ ।
८. पित्तको पथरीबाट बच्न सकिन्छ
पित्तमा तरल रुपमा जम्मा हुने कोलेस्ट्रोलका कारण पित्त पथरी हुने गर्छ । पित्त पथरी हुनबाट जोगिन चिकित्सकहरुले यस्तो आहारा खान सल्लाह दिन्छन् कि जसमा फाइबर धेरैमात्रा भएको होस् । यसर्थ स्याउको सेवनले पित्त पथरी हुन बाट जोगिन सकिन्छ । साथै शरीरको तौललाई नियन्त्रण राख्ने देखि लिएर कोलेस्ट्रोलको मात्रालाई पनि सामान्य बनाउँछ ।
९. डायरिया र कब्जियत हुनबाट जोगाउँछ
के तपाईं डायरिया र कब्जियको बिमारी हुनुहुन्छ । यदी हो भने दुईवटै रोगको निदानका लागि स्याउमा पाइने फाइबर तपाईंको सहयोगी हुन सक्छ । फाइबरले शरीरमा पानीको प्रवाह बढाएर तपाईंको कब्जियतलाई निको पार्न सहयोग पुर्याउँछ । यस्तै स्याउ खानाले डायरिया हुनबाट पनि जोगाउँछ ।
१०. शरीरको तौललाई नियन्त्रण गर्छ
स्वास्थ्यमा आइरहने गडबढीको कारण अधिक शारीरिक तोल पनि हुन सक्छ । मुटुको रोग, उच्च रक्तचाप, डायबिटीज, अनिन्द्रा जस्ता समस्याको कारण शरीरको मोटोपन हुन सक्छ । तपाईं आफ्नो शारीरिक तौललाई नियन्त्रणमा राखेर स्वस्थ रहन सक्नुहुन्छ । यसका लागि चिकित्सकले तपाईंलाई फाइबर युक्त आहारा खान सल्लाह दिन्छन् । फाइबर युक्त आहाराले तपाईंलाई लामो समयसम्म भोक लाग्न दिँदैन । साथै अतिरिक्त क्यालोरी पनि पाइँदैन । उक्त फाइबर स्याउमा फाइन्छ । यसर्थ दैनिक एउटा स्याउ खानाले शरीरको तौललाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।
स्याउ लगायत कुनै पनि फलफुल तथा बोटविरुवाहरुको लागी
www.plantnepal.com मा सम्पर्क गर्नुहोला ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा