सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ। समाजवादी पार्टीका प्रतिनिधिसभाका सदस्य डा.सूर्यनारायण यादवले आफ्नो पदबाट दिनुभएको राजिनामा आज फिर्ता लिनुभएको छ ।
स्वास्थ्यको कारण देखाउँदै सांसद यादवले साउन २७ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा समक्ष आफ्नो पदबाट राजिनामा दिनुभएको थियो । तर पार्टीसँग परामर्श गर्ने भन्दै उहाँको राजिनामा स्वीकृत भएको थिएन । केही दिनदेखि पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले सांसद यादवसँग छलफल गरेपछि राजिनामा फिर्ता लिनु भएको हो ।
सिंहदरवारमा आइतवार बसेको संसदीय दलको बैठकबाट भएको निर्णय अनुसार उहाँले राजिनामा फिर्ता लिनुभएको सांसद प्रदीप यादवले जानकारी दिनुभयो । स्वास्थ्यको कारण देखाएर राजिनामा दिनुभएको थियो तर क्षेत्रका जनता तथा पार्टीको कार्यकर्ताले दिनुभएको सुझावका आधारमा उहाँले राजिनामा फिर्ता लिनुभएको उहाँले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा