सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । रोमान्टिक कमेडि चलचित्र ‘च च हुई’को पहिलो पोष्टर सार्वजनिक भएको छ । साम्तेन भुटियाको निर्देशन तथा अमृत घोलेको निर्माण रहेको चलचित्रको पोष्टर आइतबार सार्वजनिक गरिएको हो । सार्वजनिक पोष्टरमा चलचत्रिका मुख्य कलाकार आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर र माओत्से गुरुङ देखिएका छन् ।
चलचित्रमा आर्यन मिरुनाको प्रेममा रहेको पोष्टरले संकेत गरेको छ । त्यस्तै भोलाराज र माओत्से पनि पोष्टरमा हाँस्य मुद्रामा देखिएका छन् । एजिएल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र मङ्सिर ६ देखि प्रदर्शनमा आउँदैछ ।
आर्यन अभिनित चलचित्र ‘हजार जुनीसम्म’ गएको बिहिबारदेखि प्रदर्शनमा रहेको छ भने मिरुनाको ‘साइनो’ पनि गत साउन २४ गतेदेखि प्रदर्शनमा आएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा