सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली । कैलालीको धनगढीमा शुक्रबार बिहान ११ बजे ल्यापटप चोरी गरेर भागेका दुईजना युवकलाई प्रहरीले पक्रेको छ । उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर २ साइली कटान भन्ने ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु दुई युवकले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ चटकपुर स्थित धनसिंह धामीको न्यू गणेश होटलबाट ल्यापटप चोरी गरी भागेका थिए । ल्यापटप चोरी गरेर भागेका सोहि उपमहानगरपालिका वडा नम्बर १ बस्ने २१ को सुरज चौधरी र २५ बर्षीय अमर परियार पक्राउ परेका छन् ।
सुरज र अमर दुबैलाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको छ । उनीहरुले अन्य सामानहरु समेत चोरी गरेको हुनसक्ने भन्दै प्रहरीले सम्पर्क गर्न आग्रह समेत गरेको छ । धनगढीमा पछिल्लो समय चोरीका घटनाहरु बढ्न थालेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा