सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बहुविवाह सम्बन्धी मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलासले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।
छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै शिल्पा पोखरेल र छवी ओझा विरुद्ध काठमाडौं जिल्ला अदालतमा बहु–विवाह सम्बन्धी मुद्दा दिएकी थिइन। जहाँबाट पक्राउ गर्नू भनेर पक्राउ पुर्जी जारी भएको थियो।
शिल्पा आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित सर्वोच्च पुगेकी हुन् । यसअघि जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित शिल्पा उच्च अदालत पाटन पुगेकोमा उच्च अदालतले जिल्ला अदालतकै निर्णय सदर गरेको थियो ।
उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्। शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा