सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३१ । नेपाल कम्यूष्टि पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्रीलाई बिहीबार ज्वरो आए पनि शुक्रबारदेखि स्वास्थ्य सामान्य भएको कारण उनी नियमित काममा फर्कने तयारी गरिएको छ ।
प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री सामाजिक सञ्जालमा हल्ला चलेजस्तो बिरामी नभएको जनाएका छन् । यसैक्रममा, प्रधानमन्त्री बिरामी भएका कारण बिहीबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक शुक्रबार दिउँसो ३ बजेका लागि स्थगित गरिएको हो ।
पार्टीका विभाग र जिम्मेवारीबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालयको बैठकमा विभिन्न कारण बस बैठक सर्दै आएको छ । यसअघि साउन १३ गते सचिवालयको बैठक बसेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा