सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार बस्ने भनिएको सचिवालय बैठक फेरि स्थगित भएको छ । नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति नाजुक देखिएपछि बैठक स्थगित भएको हो ।
सचिवालय बैठक बस्नका लागि नेताहरु बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीको स्वस्थ खराब भएका कारण बैठक शुक्रबार दिउँसो ३ बजेका लागि स्थगित भएको छ ।
सचिवालय बैठक पार्टीमा स्कुल विभागको जिम्मेवारी टुंगो लगाउन पटक-पटक बैठक बस्ने भनिए पनि विभिन्न कारण बस स्थगित हुँदै आएको छ ।
नेकपाका दुवै अध्यक्षले नाम टुंग्याउने भने पनि स्कुल विभाग पहिलेको एमालेका नेतालाई दिने कि पहिलेको माओवादी नेतालाई दिने भन्नेमा नेकपाका दुई अध्यक्षदयहरुबीच कुरा मिल्न सकेको छैन ।
यसैक्रममा, साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचीका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।
नेताहरु झलनाथ खनाल, ईश्वर पोखरेल, घनश्याम भुसाल, वेदुराम भुसाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले विभागको संयोजक बन्न दाबी गरेका छन् ।
नेकपाको पार्टी एकता भएको एक वर्ष भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन भने, अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् ।
यसैगरी, पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी रहेको छ ।
यसैक्रममा, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा