सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन ३० । सेञ्चुरी कमर्सियल बैकको नायव कार्यकारी प्रमुख पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । बैकको श्रावण २८ गते बसेको सञ्चालक समितिको २९४ औ बैठकले प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेलाई श्रावण २८ गते देखि नै लागू हुने गरी नायव कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा प्रारम्भ गर्नु भई हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेड गरी करिब १५ वर्षको विस्तृत बैंकिङ्ग कार्यानुभव हासिल गर्नु भएको छ । न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुनुहुन्छ ।
न्यौपानले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।
उहाँको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वीत्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशिल भई सफलताका साथ अगाडि बढ्ने विश्वास बैकले लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा