सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
‘प्रभास’ को फिल्म ‘साहो’ लाई लिएर फ्यानहरुको उत्सुकता दुई गुणा भएको छ । यो उत्सुकता त्यो सयम अरु बढ्यो जब यो फिल्मको ट्रेलर रिलिज भयो । ‘साहो’ को ट्रेलर लाई फ्यानहरुले धेरै नै मन पराए भने फिल्मलाई लिएर उनी माथिको आशा अरु पनि बढेको छ । ‘साहो’ रिलिज हुन केबल अब १५ दिन मात्र बाँकि छ यस्तैमा फिल्मसँग जोडिएको खबर सार्वजनिक भएको छ ।
‘इंडिया टुडे’ वेबसाइटमा छापीएको एक रिपोर्ट अनुसार, ‘साहो’ फिल्म रिलिज हुनुभन्दा पहिला ३२० करोड भारु कमाइ सकेको छ । रिपोर्ट अनुसार, फिल्मको यो कमाई सबै भाषाहरुमा दिइएको थिअट्रिकल राइट्सको हो । यसमा फिल्मको सेटलाइट राइट्स र ओटीटी प्लेटफर्म राइट्स समावेश छैन । खबर अनुसार यसको डिल भने अहिले सम्म भएको छैन ।
यस विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी आएको छैन । फिल्म ‘साहो’ को बजेट लाई लिएर हालै मात्र एक अन्तर्रवार्ता ३५० करोड रहेको जानकारी बाहिर आएको हो । ‘साहो’ एक एक्शन थ्रिलर फिल्म हो ।
केही दिन पहिला अबुधाबी मा यो फिल्मको एउटा सीन शुट गरिएको थियो । जुन एक सिनको लागत ९० करोड भारु लागेको बताइएको थियो । ‘साहो’ ‘बाहुबली २’ पछि प्रभासको पहिलो फिल्म हो । ‘बाहुबली’ र ‘बाहुबली २’ को जस्तै दर्शकहरुले प्रभासबाट यस्तै उत्कृष्टताको आशा गरेका छन् ।
प्रभासको फिल्म ‘साहो’ १५ अगस्ट रिलिज हुन गईरहेको थियो । तब विविध कारणले गर्दा ३० अगस्टमा रिलिज हुन गईरहेको छ । ‘साहो’ लाई हिन्दि, तामिल र तेलुगु तीन भाषाहरुमा शुट गरिएको छ । ‘साहो’ मा प्रभास र श्रद्धा कपुर लगायत नील नितिन मुकेश, जेकी श्राँफ, मंदिरा बेदी, महेश मांजरेकर, चंकी पांडे, अरुण विजय र मुरली शर्मा पनि मुख्य भुमिका निर्वाह गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा