सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २९ । नेपाल पत्रकार महासङ्घले काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाका समाचार ओझेलमा परेकोमा दु:ख व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा र यसका समितिहरुले गरेका गतिविधिलाई सञ्चारमाध्यमले प्राथमिकतामा नपारेको भन्दै दु:ख व्यक्त गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र उसका समितिका बैठकका विषयलाई सञ्चारमाध्यमले प्राथमिकता दिने गरेको तर राष्ट्रियसभाका खबरलाई बेवास्ता गर्ने गरिएको बताएका छन् ।
यसैक्रममा, अध्यक्ष तिमिल्सिनाले सञ्चारमाध्यममा आउने खबरहरु विश्वसनीय र निष्पक्ष हुनुपर्ने भन्दै पत्रकारितालाई सबैले अन्याय पर्दाको साथीका रुपमा बुझ्ने बनाउन महासङ्घ, सञ्चारमाध्यम, सम्पादक र पत्रकार स्वयम् लाग्नपर्ने जनाएका छन् ।
अध्यक्ष तिमिल्सिनाले पत्रकारितामा अनेकौँ विकृति रहेकाले त्यसलाई हटाउन नियम, कानुनलगायतका कुरामा जोड दिनपर्नेमा पनि जोड दिएका छन् । यसैगरी मिडिया काउन्सिल विधेयकमा आवश्यक थपघट र छलफल पछि मात्र अघि बढाउने उनको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा