सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन २९ । प्रदेश २ सरकारले जनै पुर्णिमाको अवसरमा विहिवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दे साउन २९ गते विहिवार (भोली) सार्वजनिक विदाको जानकारी दिएका हुन् ।
शुभकामना सन्देशमा उनले दाजु–भाईको सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दे मनाइने चाड रक्षा बन्धन तथा जर्ने पुर्णिमाको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्ने नेपाली दाजु–भाई, दिदी बहिनीहरुको सु–स्वास्थ्य, दिघायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गरेका छन् ।
मुख्यमन्त्रि राउतले यो पर्वले दाजु–भाई तथा दिदी बहिनी बीचको प्रेमका साथै प्रदेशमा भार्तत्वको अझ प्रगाढ बनाओस भन्ने कामना समेत गरेका छन् ।
जर्ने पुर्णिमा मा केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी कुनै पनि निर्णय गरेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा