सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २७ । काठमाडौँमा सुरु भएको एशियन कृषि सम्मेलन तथा पदर्शनीमा सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल (वलदेव) ले नेपालको कृषि उत्पादनको अवस्था अत्यन्तै बिग्रिएको जनाएका छन् ।
उक्त कृषि सम्मेलन तथा पदर्शनीमा मन्त्री खनालले दलका नेताहरुले नेतृत्व गरेपछि नेपालको कृषि क्षेत्रको अवस्था राजाको पालामा भन्दा पनि खत्तम भएको बताएका छन् ।
मन्त्री खनालले भने, ‘यसो भन्दा कसैलाई चित्त दुख्ला तर दलका नेताले नेतृत्व गरे पछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ, त्यसको कारण के हो ? यो सबैको दायित्व सरकारले लिनु पर्छ ।’ ।
अहिले पनि नेपालको कृषिले युवाहरूलाई आकर्षित गर्न नसकेको बताउँदै मन्त्री खनालले युवालाई कृषिमा तान्ने र राज्यप्रती जिम्मेवार बनाउनुपर्ने बताए । यसैक्रममा, मन्त्री खनालले कृषि कर्म गर्नको लागि युवालाई अनुदान र सहुलियतको ऋण दिने व्यवस्थालाई थप कडाई गर्ने जानकारी दिए ।
मन्त्री खनालले भारतबाट आउने तरकारीको बिषादी जाँच फिर्ता लिएको भन्ने कुरामा असत्यता भएको र हरेक नाकामा सबै ट्रक जाँच गर्ने कुरा वैज्ञानिक नहुने जनाइएका छन् ।
मन्त्री खनालले नाकामा रहेका ल्यावले जम्मा २ वटा समुहको बिषादी मात्रै जाँच गर्ने र तिनको क्षमता बढानुपर्ने पनि बताएका छन्।
प्रदेश नम्बर ३ को सहकार्यमा भएको कार्यक्रमहरु कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय मंगलबारसम्म चल्नेछ ।
मन्त्री खनालले भने, ‘समिटमा हामी सक्छौं कृषि गीति नाटक, सांस्कृतिक कार्यक्रम, कृषि योगा तथा मोटिभेशनल सत्र लगायतका थप कार्यक्रमहरु पनि रहेका छन । साथै, नेपाल कृषि घोषणा पत्र पनि जारी गरिनेछ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा