सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउना २७ । स्वास्थ्य उपचारका लागि साउन १८ मा सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली, उनको पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंह लगायतको टोली सोमबार स्वदेश फर्केका छन्।
सोमबार दिउँसो प्रधानमन्त्रीसहितको टोली थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका छन् । प्रधानमन्त्री ओली गत शनिबार स्वदेश फर्किने कार्यक्रम भएता पनि उनलाई दुई दिन ढिला डिस्र्चाज गराएको कारण सोमबार मात्र स्वदेश फर्केएको हो ।
प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार भएको हो। यसैक्रममा, प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा