सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आइतबार राति भएको ग्लोबल टी २० खेलमा नेपाली खेलाडी सोमपाल कामी आवद्ध टिम विनिपेग् हक्सले ग्लोबल टी २० क्यानडाको उपाधि जितेको छ ।
आइतबार भएको फाइनल खेलमा विनिपेग् हक्सले भ्यानकुभर नाइटमाथि सुपर ओभरमा जित निकाल्दै उपाधि जितेको छ ।
सोमपाल भने टिमको फाइनल खेलमा परेनन् । पहिला ब्याटिङ गरेको विनिपेग्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९२ रनको लक्ष्य दिएको थियो । खेलमा विनिपेग्सका लागि साइमान अनवरले ९० तथा क्रिस लिनले ३७ रनको योगदान दिएका थिए ।
भ्यानकुभर १९३ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रनमा रोकिएको थियो ।
यसैगरी भ्यानकुभर लागि नाइटका आन्द्रे रसेलले ४ विकेट लिएका थिए ।
सुरुआती चरममा खेल राम्रो खेल्न नसकेको भ्यानकुभरले पछि भने, कप्तान सोयब मल्लिक र आन्द्रे रसेलले उत्कृष्ट पारि खेलेका थिए । यसैक्रममा, मलिक ६४ रन बनाएर आउट भएको थियो भने, रसेल ४६ रनमा नट आउट रहेका थिए ।
भ्यानकुभरले सुपर ओभरमा पहिला ब्याटिङ गरेर २ विकेट गुमाएर ९ रन बनाएको थियो । आन्द्रे रसेलले सुपर ओभरको पहिलो बलमा छक्का प्रहार गरे र दोस्रो बलमा एक रन लिएका थिए भने, तेस्रो बलमा लेग बाई मार्फत १ रन लिएको थियो ।
यसैगरी रसेल चौथो बलमा आउट भएका थिए भने, पाँचौं बल डट भयो भने छैटौं बलमा भान डुर सेन आउट भएका थिए । मात्र १० रनको लक्ष्य पछ्याएको विनिपेग्सले २ बल बाँकी छँदै पुरा गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा