सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, साउन २६ । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाको आइतबार हेटौंडामा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने र पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा क्षेत्रमा सडककको दायाँ–बायाँ २५ मिटर सडक पनि नभत्कने बताएका छन् ।
उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट सार्न नदिने बताएका छन् ।
मुख्यमन्त्री पौडेलले प्रदेशका ९० प्रतिशतभन्दा बढी सांसदहरु हेटौंडाबाट राजधानी सार्ने पक्षमा रहेको बताउँदै भने, ‘१८ महिनासम्म हेटौंडामा राजधानी राख्नको लागि मेरो महत्वपूर्ण भूमिका रहेको छ । मेरो भूमिका नभएको भए प्रदेश सभाको पहिलो, दोस्रो बैठकमा नै राजधानी सरिसक्थ्यो । त्यसैले काठमाडौँ उपत्यका वरपर राजधानी हुनै सक्दैन, हेटौंडाको विकल्प छैन ।’
यसैक्रममा, मुख्यमन्त्री पौडेलले गत बिहीबार काठमाडौँमा बोल्दा प्रदेश ३ को राजधानी रामेछाप वा नुवाकोट जहाँ लगे पनि हुन्छ, हेटौंडा नै हुनु पर्छ भन्ने छैन भन्ने अभिव्यक्ति दिइएको छ ।
मुख्यमन्त्री पौडेलले हेटौंडामा राजमार्गको दायाँबायाँ २५ मिटर सडक नभत्कने पनि बताएका छन्। अहिलेको अवस्थाको हेटौंडा बजार भत्काएर नहुने बताउँदै मुख्यमन्त्रीपौडेलले भने, ‘राजमार्ग कुनै पनिशहरको बीचबाट जानै सक्दैन । बजार क्षेत्रमा २५ मिटर सडक भत्कन दिन्नँ । हिजो पनि मैले यही बोली बोलेको हुँ र भोलि पनि यही बोल्छु ।’
हेटौंडा बजार क्षेत्रको रातोमाटेदेखि चौकिटोल सम्मबजार क्षेत्रका घरहरु भत्किएमा कस्तो होलारु भन्दै मुख्यमन्त्री पौडेलले २५ मिटर पछाडि घर भएकाहरुले सडकमा घर आईपुग्छ भनेर सपना नदेख्न आग्रह गरेका छन् ।
यसैगरी हेटौंडा बजार क्षेत्रमा सडकको दायाँबायाँ १६–१६ मिटर मात्र सडक भत्कने बताउँदै मुख्यमन्त्री पौडेलले भने, ‘बजार क्षेत्रमा मेरो पनि घर पर्छ १६ मिटरमा सबै भत्कन्छ । पहिले मै घर भत्काउँछु । त्यसपछि बाइपास सडक पनि बनाइन्छ । बाइपासका लागि प्रदेश सरकारले ठूलो बजेट छुट्याएको छ ।’
नगरवासीको स्वार्थका कारण २५ मिटरको सट्टामा १६ मिटर मात्र सडक बिस्तार गर्ने मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा