सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २६ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाअन्तर्गत गठित विषयगत समितिमा हेरफेर गरेका छन् । उनले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा सरिता न्यौपानेलाई हेरफेर गरेका हुन् ।
प्रतिवेदन पेश
प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले सदनसमक्ष सो प्रतिवेदन पेश गरेकी हुन् ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा