सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुगलको एन्ड्रोइडलाई टक्कर दिन हुवावे टेक्नोलोजीले शुक्रवार हार्मनीओएस प्रस्तुत गरेको छ । पछिल्लो खबर अनुसार यो अपरेटिङ सिस्टमले एक दिन एन्ड्रोइडको ठाउँ लिएर अमेरिकी प्रविधिमाथिको आत्मनिर्भरता लाई कम गरीदिनेछ । हार्मनी ओएस लन्च गरेको अवसरमा हुवावे कन्जुमर बिजनेसका सिईओ रिचर्ड यू ले यो अपरेटिङ सिस्टम स्मार्टफोन, स्मार्ट स्पिकर्ससँगै सेन्सरको लागी पनि उपयुक्त हुने बताए ।
यो आजकाल लोकप्रिय भईरहेको इन्टरनेट अफ थिंग्सको पनि एउटा हिस्सा हो । २०२० सम्म यो स्मार्टफोन र कारमा देखिने एक साधारण अपरेटिङ सिस्टम हुनेछ । उनले बताए अनुसार, हार्मनी ओएस माइक्रोकेरनल मा आधारित छ, यानी यो कम्तिमा संसाधनको प्रयोग गर्दे सुनिश्चित गर्नेछ कि अपरेटिङ स्पीड फास्ट छ । यसमा आर्क कम्पाइलर छ, जुन सी÷, सीप्लसप्लस, जावास्क्रिप्ट र कोटलिन सहित सबै भाषाहरुलाई सपोर्ट गर्नेछ ।
केही महिना पहिला हुवावे लाई अमेरीकामा ब्याण्ड गरीएको थियो । त्यसपछि कम्पनिले भनेको थियो कि उ आफनो अपरेटिङ सिस्टम लन्च गर्नेछ । हुवावे माथि अमेरीकी नागरीकको जासुसीको आरोप छ । हुवावेलाई अमेरीकाले जासुसीको आरोपमा ब्ल्याकलिस्ट गर्दे एनटिटि लिस्ट मा हालि दिएको थियो । यो लिस्टमा परे पश्चात कम्पनिसँग बिजनेस गर्ने लाइसन्स रहदैन । यो आरोप प्रत्यारोप पछिल्लो बर्ष डिसेम्बरदेखी चल्दै आइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा