सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २६ । सांसद गगन थापाले संघीय संसद प्रतिनिधिसभा बैठकको शून्य समय र विशेष समयमा सांसददरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीले ५ दिनभित्र जवाफ दिनुपर्ने नियमावलीको व्यवस्थाअनुसार काम गर्न माग गरेका छन्।
सांसद थापाले आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा शुन्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धीत मन्त्रीले ५ दिन भित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावलीमा रहेको बताएका छन् । यसैक्रममा, सांसद थापाले त्यसको कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गरेका छन् ।
यसैक्रममा, सांसद थापाले विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दे प्रश्न समेत गरे, ‘नियमको कार्यान्वयन किन नभएको’? उनले सांसदले उठाएका विषय उठान नहुने भए संसद बैठकमा उठाएका र बाहिर उठाएका विषयमा फरक नहुने धारणा व्यक्त गरेका थिए।
कपिलवस्तुमा किसानले मलखाद र पानीको अभाव झेल्नु परिरहेको भन्दै मलखाद र सिंचाईको तत्काल व्यवस्था गर्न सोहि बैठकको शून्य समयमा सांसद अमृतादेवी अग्रहरिले माग गरेकी थिइन्।
यसैक्रममा, अग्रहरिले सोबारे पटकपटक कुरा उठाउँदै आएको भए पनि सरकारले वेवास्ता गरेको गुनासो गर्दै कान थुनेर र आखा बन्द गरेर मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री र कृषिमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराएकी थिइन्।
सर्वसाधरण लगायत इच्छुक जनतालाई संघीय संसद भवनभित्र निर्वाध प्रवेश गर्ने वातावरण बनाउन सांसद कृष्णभक्त पोखरेलले सभामुखको ध्यानाकर्षण गराएका थिए।
यसैगरी कालीगण्डकीको डाइभर्सन गर्दा केलादीघाट र देवघाट जस्ता पवित्र घाटहरू पानी बिनाका हुने भन्दै सांसद खगराज अधिकारीले चापाकोट रामपुर लगायतका टार सिंचाई हुनबाट बञ्चित हुने भएको बताएका छन् । यसका साथ(साथै उनले नारायणीमा पानी जहाज संञ्चालन गर्ने विषय पनि प्रभावित हुने भन्दै विषयवस्तुको गम्भीरतातर्फ विचार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
त्यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट घुर्मी सडकखण्डमा दोहोरो यातायात संञ्चालनको लागि आवश्यक पहल गर्न सांसद गणेशकुमार पहाडीले आग्रह गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा