सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठामडौँ, साउन २४ । काठमाडौँ सञ्चारकर्मी समेत रहेका गायक जनक ताम्राकारले ‘लाउँदिन’ बोलको नयाँ गीत बजारमा ल्याएको छ । उनले बुधबार आफ्नै यूट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
सो गीतमा जनक एक्लैले स्वर दिएका छन् भने, महेश ताम्राकारले शब्द संगीत भरेका छन् । नेपाली सांगीतीक बजारमा छुट्टै खालको स्वाद दिँदै आएका ताम्राकार बन्दुले यस गीतमा पनि डोटेली र नेपाली शब्द संगीतको समीश्रण गरेको पाइन्छ ।
उक्त गीतलाई शैलेन्द्र एम प्रधानले एरेन्ज गरेका छन् भने, बिजु कर्माचार्यले मिक्स मास्टर गरेका छन् । गीतको म्यूजिक भिडियोमा जनक र मनिता गहतराजकले अभिनय गरेको छ ।
यस गीतको छायांकन तथा सम्पादन प्रकाश जोन तामाङले गरेका छन् ।
https://www.youtube.com/watch?v=4H6D4G-QN8Y
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा