सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, साउन २४ । पाकिस्तानमा भारतीय फिल्मलाई प्रतिवन्ध लगाउने घोषणा गरिएको छ । प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले सूचना तथा प्रसारणका लागि विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह गरिएको छ ।
भारत सरकराले सोमबार जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध कम गर्नको लागि कदम चालिएको छ ।
कश्मीरको पक्षमा पाकिस्तानले सबै किसिमको विकल्प अपनाउने डा. फिरदोसले जनाइएका छन् । डा. फिरदोसले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई समेत कश्मीरको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।
यसैक्रममा, पाकिस्तानले कश्मीरको दुर्दशाको बारेमा उजागर गर्ने बताउँदै आएका छन् । पाकिस्तानले योभन्दा अगाडि पनि भारतीय फिल्ममाथि प्रतिबन्ध लगाएको थियो ।
पाकिस्तानले सन् २०१९ को फेब्रअरीमा भारतीय सेनाले गरेको हवाई प्रतिबन्ध ‘एयर स्ट्राइक’ पछि भारतीय फिल्म रिलीज गर्न प्रतिबन्ध लगाएको थियो ।
बलिउड फिल्म प्रसारण नगर्न पाकिस्तानका तत्कालीन सूचना तथा प्रशारण मन्त्री चौधरी फवाद हुसेनले सूचना जारी गरेको थियो । यसैक्रममा, हुसेनले भारतीय फिल्मका साथ(साथै ‘मेड इन इन्डिया’ विज्ञापन समेत बहिस्कार गरेको घोषणा गरिएको छ ।
यसैगरी, पाकिस्तानलाई भारतले ‘पुलवामा आग्रमण’ पछि पाकिस्तानी अभिनेता तथा अभिनेत्रीलाई भारतमा प्रतिबन्ध लगाउनुका साथै फिल्म रिलीज नगर्न निर्देशन दिइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा