सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन २४ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो आजबाट प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको छ ।
चलचित्र साइनो मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको दाबी निर्देशक रमेश थापाले गरेका छन् ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।
शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा