सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २३ । ग्लोबल आइएमई बैंक लिमिटेडले एकसाथ ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसैक्रममा, बैंकको नयाँ शाखा धनकुटा नगरपालिका १ को हिले बजारमा, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ६ को नयाँ बजार र खोटाङ्गको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका १ दिक्तेल बजारमा सञ्चालनमा ल्याइएको छ ।
बैंकको ३ वटा शाखासहित शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ । उक्त बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा