सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नमराज भट्ट/ काठमाण्डौँ । स्वदेशमै बसेर सानोतिनो काम र देशकै लागि सकेसम्म सेवा गरु भन्ने रहर कस्को नहोला र परिवार ,समाज इस्टमित्र सबै लाई चटक्कै छोडेर बिदेशी भुमिमा पसिना बगाउनु पर्ने बाध्य्ता हामी नेपाली हरुको कहिले सम्म हो थाहा छैन ?
आफ्नो परिवार का दैनिक आबश्यकता पुरा गर्नु र हात मुख जोडन भारतमा गाडी चलाऊने काम गर्दै आउनु भएका बैतडी जिल्ला डिलासैनी गाउँपालिका नगराउका एक कर्मठ होनहार र मिलनसार युवा बाशु देव जोशी को अकस्मात गाडी दुर्घटनामा पारी दुबै खुट्टा गुमाउनु पर्यो र भारतमा केही समयको सामान्य उपचार पछी धेरै खर्च लाग्ने र नेपाली भएको कारण उहालाई नेपाल फर्कन बाध्य् बनाइयो ।
घरको साह्रै कम्जोर आर्थिक अवस्थाले गर्दा केही समय घरमै बसे पछि चिनेका दाईभाइ को सहयताले काठमाण्डौँ सम्म पुग्नु भयो तर उपचार खर्चको अभावले हस्पिटलको बेडमा छटपटिदै गर्दा स्वदेश तथा बिदेशमा बस्ने केही सहयोगी हातहरुले उहालाई नयाँ जिबन दिने बाचा तथा प्रयास गरेका छन ।
भनिन्छ भजन गाँउने ओठहरु भन्दा सेवा गर्ने हातहरु माहान हुन्छन सोही क्रममा नेपाल बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका रिम भतडा घर भैइ हाल आमेरिकाको केन्टुकी राज्यको लेक्जिनटन शहरमा बसोबास गर्दै आउनुभएका दाजुभाइ टोप राज जोशी र दिर्घ राज जोशी को पहलमा त्यहाँ बस्नुहुने सबै २० जना सुदुर पशिमेली दाजुभाइहरु मिलेर सोही ठाउँमा आवस्थित नेपाली पसल नेपमार्टमा सन्कलन गरिएको सहयोग सोरूप रकम ७९१ डलर नेपाली रुपैया ८६,४५६.३० हस्पिटलमै भेटेर हास्तानतरन गर्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा