सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ, साउन १९ । रोटरी क्लब अफ न्युरोड पोखराले विद्यार्थीहरुको नि:शुल्क आँखा परीक्षण गरेको छ । नि:शुल्क आँखा जाँच गर्ने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको हो ।
सो विद्यालयमा रहेका ६६३ जना विद्यार्थीको आँखा नि:शुल्क परीक्षण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र शर्माले बताए । समग्रमा, कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीको आँखाको परीक्षण गरिएको संयोजक शर्माले जानकारी दिए ।
मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा विद्यार्थीको आँखा परीक्षण गर्न दुई चिकित्सकसहित पाँच जनाको समूह रहेको थियो ।संयोजक शर्माले क्लबको वार्षिक कार्ययोजनाअनुसार विद्यालयमा तेस्रोपटक आँखा शिविर सञ्चालन गरिएको जनाइएका छन् ।
सो आँखा परीक्षण कार्यक्रममा ४१ विद्यार्थीको आँखामा सामान्य समस्या देखिएको छ भने, २ जनाको आँखा शल्यक्रिया गर्नुपर्ने देखिएको जानकारी दिए ।
संयोजक शर्माले भने, “आँखामा समस्या देखिएका विद्यार्थीलाई शल्यक्रियासहित आवश्यक पर्ने सबै खर्च क्लब र मनिपाल अस्पतालले व्यहोर्नेछ”,। सोहि कार्यक्रमको अवसरमा क्लबले आँखामा समस्या देखिएका विद्यार्थीलाई निःशुल्क औषधि प्रदान गरिएको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा