सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, साउन १६ । टीकापुर सामुदायिक पुस्तकालय संगको सहकार्यमा रिड नेपालले पुन नया परियोजना सुरु गर्ने भएको छ । बिहिबार पुस्तकालयमा सामाजिक अगुवा, बिभिन्न विद्यालयका प्रमुख एवं प्रतिनिधि, युवाहरु संग छलफल कार्यक्रम गर्दै पुस्तकालय र रिड नेपाल बीच नयाँ परियोजनाको लागि सम्झौता भएको हो ।
रिड नेपालका कार्यक्रम अधिकृत साजन थापाले कार्यक्रममा बोल्दै अझै सम्म पनि वर्तमान समाजका किशोरीहरु किशोरहरु भन्दा पछाडी नै रहेको र त्यसको मुख्य कारण उनीहरु सुचनाहरु आदानप्रदानमा कमजोर भएको बताए । यस सामुदायिक पुस्तकालय संग बिगत १२ बर्ष देखि सहकार्यका साथ यहाँ कार्यक्रमा गर्दै आएको बताउदै किशोरीहरुको विकासका लागि टेग (TEG) परियोजना पनि यस पुस्तकालयमा संचालन गर्ने बताए । नेपाल सरकारले २०२३ सम्म कम्तिमा कक्षा १२ सम्म पढ्ने विद्यार्थीलाई जिम्मेवारी सम्हाल्न सक्ने, निर्णय, नेतृत्व लिन सक्ने गरि योग्य बनाउने भनि अन्तरराष्ट्रिय स्तरमै “एमओई” मा हस्ताक्षर गरेको र त्यहि उद्देश्यलाई सफल पार्न गैरसरकारी संस्थाको रुपमा सरकारकै काम गरिरहेको समेत उनको भनाई थियो । रिड नेपाल आफैले बनाएको ६८ वटा सामुदायिक पुस्तकालय मध्ये १० वटा पुस्तकालयमा मात्र यो परियोजना सुरु गरिने जानकारी दिदै त्यो १० मध्येमा टीकापुर सामुदायिक पुस्तकालय समेत परेको थापाले बताए ।
उनका अनुसार यो परियोजना १८ महिने हो । जसमा सुरुमा ८ देखि १२ कक्षा भित्रका ४५ जना किशोरीहरु समावेश गरिने छन् । पहिलो चरणको सिकाई ६ महिना हुनेछ जसमा ४५ जनै हुनेछन तर दोश्रो चरणमा यो संख्या घटेर २४ हुनेछ । कसले कत्तिको सिक्यो र सिकेको कुरा व्यवहारमा कत्तिको लागु गर्न सक्यो त्यसैका आधारमा ४५ जनाबाट २४ जना छनोट गरि यिनीहरुलाई पनि ६ महिना तालिम दिइने छ र छ महिनामा पछी यो संख्या घटेर सिधै २ मा आउनेछ जसमा उत्कृष्ठ मात्र पर्नेछन । थापाले आफुले सिकाउन, बुझाउन खोजेको कुरा किशोरीले पहिलो चरणले बुझ्नेछन, दोश्रो चरणमा अझ धेरै बुझ्नेछन । तेश्रो चरणका लागि छानिने २ जनाले आफ्नो समुदाय, आफ्नो समाजका लागि आफै परियोजना बनाउन सक्ने र त्यसको नेतृत्व पनि आफै लिन सक्ने बताए ।
सुचनामा किशोरीहरुको पहुँच पुर्याउने र शिक्षामा उनीहरुलाई अब्बल गराउने उद्देश्यका साथ यो परियोजना सुरु गर्न लागिएको हो भन्दा फरक पर्दैन । स्पष्ट योजना भएका र समाजका लागि केहि गर्न चाहने, नेतृत्व लिन चाहने किशोरीहरुमा प्राथमिकता दिइने थापाले बताए । यहाँका ४५ जनाका लागि २ जना कक्षा १२ सम्म पढाउने, सामाजिक पेशामा दखल राख्ने र यस सम्बन्धी ज्ञान भएका शिक्षिकाहरुलाई प्रशिक्षकको रुपमा राखिने समेत बताउदै यस परियोजनाको लागि १० लाख ३३ हजार ८ सय रुपैयाँ बजेट रहेको बताए ।
कार्यक्रमको अवसरमा न्यु लाइट एकेडेमीका प्राध्यापक जय कृष्ण तिमिल्सिनाले मन्तव्य राख्दै नेतृत्व विकास भनेर धेरै कार्यक्रम संचालित हुने तर त्यसको उपलब्धी केहि नदेखिने भएका कारण वास्तविक उपलब्धी देखिने गरि कार्यक्रम सुरु गर्न अनुरोध गरे । त्यस्तै बिरेन्द्र बिद्या मन्दिरका उपप्राध्यापक यस परियोजनाबाट यहाँबाट छनोट हुने दुई जनाले आफै टीकापुरमा बिभिन्न किसिमका महत्वपुर्ण कार्यक्रमहरु ल्याउन सक्ने भएकोले सबैले यस परियोजनामा आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।
त्यस्तै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले एनजीओहरुका कार्यक्रममा हामी सहभागी हुने तर पिठ्यु पछाडी एनजीओहरुलाई नराम्रो भन्दै गालि गर्दै हिड्ने परिपाटी यहाँ रहेको भन्दै त्यो हटाउन जसरि रहेको र एनजीओको सहयोग पनि हाम्रो क्षेत्रलाई आवश्यक रहेको बताए । उनले यो कार्यक्रमले स्थानीय तहलाई समेत सहयोग पुग्ने बताउदै टीकापुर नगरपालिकाले पुस्तकालयमा भवन निर्माण लगायतका सहयोग बाहेक युवाहरुको नेतृत्व विकासका लागि, प्रशासनिक सहयोग नगरेको समेत दाबि गरे । यस्तै नेकपाका जिल्ला कमिटी सदस्य सुर्यचन्द्र भट्टराईले यस्ता कार्यक्रमहरु किशोरीहरुका लागि निकै उपलब्धीमुलक हुने बताउदै यसमा आफ्नो साथ सहयोग रहेको बताए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीले टीकापुर नगरपालिकाले पनि यस्ता कार्यक्रमहरु चलाउने पर्ने र त्यस तर्फ आफ्नो ध्यान आकर्षित भएको बताउदै १८ महिने यस कार्यक्रमले फिल्डमै नतिजादिनुपर्ने बताए । उनले धेरै यस्ता कार्यक्रमहरु नतिजाबिहिन भएको स्मरण गर्दै यस कार्यक्रमका लागि नगरपालिकाले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि आफु तयार रहेको अभिव्यक्ति रामेत प्रस्तुत गरे ।
पुस्तकालयका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसी रहेका थिए । कार्यक्रममै रिड नेपालका थापा र पुस्तकालयका खड्काले डकुमेन्टमा हस्ताक्षर गर्दै साटासाट गरेका थिए । उपाध्यक्ष तारा प्रसाद जोशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव कण्ठराज गिरीले गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा