सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन १९ । कक्षा १२ को ग्रेड बृद्धिको लागी पुरक परीक्षा आउँदो भदौ २२ गते आइतबारदेखि हुने भएको छ।
आइतबार राष्ट्रिय परीक्षा बोर्डले सुचना प्रकाशित गरी कम ग्रेड आएका विद्यार्थीको ग्रेड वृद्धिका लागि पुरक परीक्षा लिन लागेको जनाएको हो। राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालका अनु्सार भदौ २२ गते आईतबार र सोमबार गरी दुई दिन सम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
विद्यार्थीहरुले भदौ २२ गते आईतबार अनिवार्य अंग्रेजी र एक बिषयमा मात्रै परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्। दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा पनि सोहि दिन लिने बोर्डले जनाएको छ।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि विद्यार्थीले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा भदौ २३ गते लिने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ११ सुरु भई दिउँसो २ बजेसम्म चल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा