सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, साउन १५ । झापामा रहेको तीन वटा स्थानका एनसेल टावरमाथि एकैपटक बम विस्फोट भएको छ । विस्फोट भएको एनसेल टारवहरु मध्ये उक्त जिल्लाको भद्रपुर र कमल गाउँपालिका स्थित एनसेल टावरमा अज्ञात समूहद्धारा आगजनी भएको छ भने, दमकमा रहेको एनसेल टावरामा बम बिष्फोट गरिएको छ ।
एनसेल टावरमा एक्कासि आगजनी भएपछि उक्र घटनास्थलमा प्रहरीको परिचालन गरिएको छ । यसअघि पटक(पटक प्रतिबन्धित नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन् सक्ने अनुमान गरेको प्रहरीले जनाइएको छ ।
घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा