सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुखले मानिसहरुको जस्तै गरी गुनासो गर्देन कि आजको मौसम खराब छ या अधिक गर्मी भईरहेको छ , तर साँचो यो पनि छ कि रुखलाई पनि गर्मी हुन्छ र उसलाई पनि सास लीनमा समस्या आउन सक्छ । मैसाचुसेट्सको पीटरसम्मको हावर्ड जंगलमा एउटा यस्तो रुख छ जसले आफनो जिन्दगीको बारेमा मानिसहरुलाई बताउने गर्दछ । यो रुखले मौसमको बारेमा पल–पलको जानकारी ट्विट गर्दे दिने गर्दछ ।
आउनुहोस् जान्नुहोस यो रुखको बारेमा :
यो रुख मैसाचुसेट्स को पीटरसम्म को हावर्ड जंगलमा रहेको छ र यसको नाम लाल ओक हो । यो रुखले ताँतो हावा र मौसमको बारेमा ट्विट गर्दे जानकारी दिने गर्दछ । यो रुखको ट्विटर एकाउन्ट पनि छ जसको ह्याण्डल @awitnesstree हो ।
यो रुखले २२ जुलाईमा ट्विट गरेको छ हिजो धेरै गर्मी थियो, भोलीको तापमान २७℃ हुनेछ । मेरो विचारमा यो बर्षको २४ औ सबैभन्दा गर्मी दिन थियो । यो रुख १७ जुलाई २०१९ देखी नै ट्विट गरीरहेको छ । यो रुखले आफैलाई इन्टरनेटमा सबैभन्दा पुरानो जीवित जिव मध्येको एक जिवको रुपमा पेश गरेको छ ।
यो रुखको उचाई ८५ फिट रहेको छ र यो त्यो जंगलको सबैभन्दा पुरानो रुख हो । १९३८ मा ठुलो हावाहुरी आएको थियो जसको स्पिड १८६ मील प्रति घण्टा थियो । त्यो हावाहुरीले यो जंगल तहसनहस भएको थियो । यो रुखमा कैयौ धेरै सेंसर्र लगाईएको छ जसले एक वाट को डाटा दिने गर्दछ र त्यसपछि एक वाट नै ट्विट गर्दछ । यो रुखले २४ जुलाईमा पनि ट्विट गर्दे आफनो जराको चौडाई १.५ मिमीसम्म बढेको जानकारी दिएको थियो ।
हार्वर्ड विश्वविद्यालय र उत्तरी एरिजोना विश्वविद्यालयमा एक पोस्ट डाँक्टोरल फेलो टि रेडीमाकरको अनुसार यो रुख जंगलमा रहेका सबै रुखहरु भन्दा धेरै नै फरक छ । कैयौ रुख माथि गरेको रिसर्च पछि यो रुखलाई ट्विट गर्नको लागी सबैभन्दा उत्तम मानिएको हो । पत्रकार लिंडा मैप्स ले यसलाई लिएर एउटा किताब पनि लेखेका छन् । किताबको नाम “द विटनेस ट्री : सीजन्स अफ चेंन्ज विथ ब सेन्चुरी–ओल्ड आक” हो ।
यो रुखमा अलग–अलग कामको लागी अटोमेटिक सेन्सर्स लगाइएको छ जसले हप्तामा ६ पटक डाटा दिने गर्दछ । यो रुखमा एउटा सेन्सर यस्तो पनि जडित छ जसले रुख र जंगलमा पानीको मात्रा बताउने गर्दछ र साथै यो सेन्सरबाट यो कुराको पनि जानकारी प्राप्त हुने गर्दछ सुख्खा समयमा यो रुख कसरी जिउँदो रहनेछ । यो रुखमा लगाइएको सेन्सर्सलाई डेंड्रोमेटर्स भनिएको छ जसले रुको डाँठ र हाँगाहरु मा मौसमी र दैनिक उतार–चढावलाई नाप्ने गर्दछ ।
यो रुखमा एउटा क्यामरा पनि लगाइएको छ जसको नाम PhenoCam हो । यसको मद्यतले रुख प्रत्येक ३० मिनेटमा फोटो क्लिक गर्ने गर्दछ र ट्विटमा यो फोटोजहरु प्रयोग गर्दछ । यो क्यामरा माटोको तापमान, आद्रता र हावाको स्पीडको बारेमा पनि जानकारी दिने गर्दछ ।
यो प्रोजेक्टको मतलव मानिसहरुको अलावा अन्य जीवको बारेमा अध्ययन गर्नु हो कि उनीहरु के सोच्छन् ? र मौसमको उनीहरु माथि के प्रभाव हुने गर्दछ । यो प्रोजेक्टको सफलतासँगै भविष्यमा रुखको अलावा पशुपंक्षि लाई पनि समावेश गर्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा