सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।
बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २,९२,१५३, ग्रेडबृद्धि तर्फ ७८,७४४ र आंशिक तर्फ ५७,१७० परीक्षार्थी सहभागी थिए ।
बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित सबै विषयको परीक्षाफल एकै पटक प्रकाशित गरेको हो ।
बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार १६ हजार २ सय ४ जना परीक्षार्थीले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । यस्तै ३१ हजार परीक्षार्थीले २.८१ देखि ३.२० जीपीए ल्याएका छन् भने ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८० जीपीए ल्याएका छन् भने ८६ हजार २ सय २७ जना परीक्षार्थीले २.०१ देखि २.४० जीपीए ल्याएका छन् ।
यस्तै १.६१ देखि २.०० जीपीए ल्याउने परीक्षार्थीको संख्या ६२ हजार ६ सय १९ छ भने १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या १९ हजार छ । यस्तै, ०.८१ देखि १.२० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३ हजार ५ सय २४ छ भने सबैभन्दा कम स्तरको ०.००देखि ०.८० ल्याउनेको संख्या १३ हजार ३ सय ६२ छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड www.neb.gov.np र नेपाल टेलिकमकाे वेबसाइट www.neb.ntc.net.np बाट हेर्न सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा