सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।
बोर्ड स्रोतका अनुसार आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको सुद्धता परीक्षण गरेको छ । परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।
बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित सबै विषयको परीक्षाफल एकै पटक प्रकाशित गरेको हो । बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो। यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो। यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख ३५ हजार विद्यार्थी सहभागि भएका थिए ।
बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३,०६७ जना ३.२१ देखी ४.०० जीपीए ल्याएका छन भने १६ हजार २ सय ४ जना परीक्षार्थीले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । यस्तै ३१ हजार परीक्षार्थीले २.८१ देखि ३.२० जीपीए ल्याएका छन् भने ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८० जीपीए ल्याएका छन् भने ८६ हजार २ सय २७ जना परीक्षार्थीले २.०१ देखि २.४० जीपीए ल्याएका छन् ।
यस्तै १.६१ देखि २.०० जीपीए ल्याउने परीक्षार्थीको संख्या ६२ हजार ६ सय १९ छ भने १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या १९ हजार छ । यस्तै, ०.८१ देखि १.२० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३ हजार ५ सय २४ छ भने सबैभन्दा कम स्तरको ०.००देखि ०.८० ल्याउनेको संख्या १३ हजार ३ सय ६२ छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड www.neb.gov.np र नेपाल टेलिकमकाे वेबसाइट www.neb.ntc.net.np बाट हेर्न सकिन्छ । भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा