सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १० । नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइल तथा टेलिफोन नम्बरहरुमा विदेशका अपरिचित नम्बरहरुबाट पटक पटक मिस्डकल आउन थालेपछि सचेत रहन आग्रह गरेको छ ।
मोवाइल तथा टेलिफोन प्रयोगकर्ताहरुलाई विदेशको अपरिचित नम्बरबाट आएको फोन नउठाउन प्राधिकरणले आग्रह गरेको छ । यसैक्रममा, प्राधिकरणले त्यस्ता नम्बरबाट आएको मिस्डकलमा कलब्याक नगर्न पनि आग्रह गरेको छ । प्राधिकरणले विदेशबाट आएका अपरिचित नम्बरमा कलब्याक गर्दा ठगिने सम्भावना हुने जनाएको छ ।
प्राधिकरणले Wangiri Scam (One Ring Scam) भनिने यस्तो मिस्डकल विगतमा पनि देखिने गरेको र अहिले पनि देखिन थालेपछि दूरसञ्चार सेवा प्रदायकहरुलाई रोकथामको लागि पनि निर्देशन दिएको छ ।
प्राधिकरणले त्यस्ता अपरिचित नम्बरबाट फोन र मिस्डकल आएको खण्डमा प्राधिकरणको ईमेल ठेगाना [email protected] वा [email protected] मा जानकारी गराउन आग्रह गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा