सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दिग्गज स्मार्टफोन निर्माता कम्पनि सामसुङ आफनो प्रीमियम स्मार्टफोन ग्यालेक्सिी फोल्डको डिजाइनमा मोडिफिकेशनपछि यसलाई सेप्टेम्बरमा लन्च गर्नको लागी प्ुरै तयारी गरीरहेको छ । कम्पनिको तर्फबाट यसको बारेमा घोषणा पनि गरीसकेको छ । दक्षिण कोरियाली कम्पनि सामसुङले आफनो एक बयानमा भनेको छ हिंज क्षेत्रको माथि र तल्लो भागलाई नयाँ जोडिएको सुरक्षा क्याम्पसँगै बलियो बनाइएको छ ।
पहिला २६ अप्रिलमा लन्च हुने भनिएको थियो यो फोन
सन २०१९ को शुरुवातसँगै फ्यूचर स्मार्टफोन टेक्नोलोजीको तर्फ पाइला बढाउदै सामसुङले पहिलो फोल्डेबल डिभाइसको घोषणा गरेको थियो । यसलाइृ २६ अप्रिलमा रिलिज गरिने भनिएको थियो तर एक्सपर्टले डिभाइसको मोडिने स्क्रीनमा केही खरावी भएको कारण यसलाई सुधार गरेर मात्र लन्च गरीने भएको छ ।
५१२ जीबी स्टोरेजसँगै आउनेछ स्मार्टफोन
कम्पनिले बजारमा ग्राहकहरुलाई बजारमा सजिलै उपलब्ध गराउन ग्यालेक्सि फोल्ड उपलब्ध गराउनको लागी अन्तिम उत्पादन परिक्षण गरीरहको छ । यो प्रिमियम स्मार्टफोन ७एनएम क्वाकोम स्नेपड्रेगन ८५५ अक्टा–कोर चिपसेटसँगै बनाइएको छ । यसमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज दिइएको छ ।
फोनमा कुल ४ क्यामरा
यसमा १६–१२–१२ मेगापिक्सलको ट्रिपल रियर क्यामरा दिइएको छ । यसको साथै यसमा सेल्फी क्यामरा १० मेगापिक्सल दिइएको छ । सामसुङ ग्यालेक्सि फोल्डमा कनेक्टिभिटि विकल्पमा वाईफाई, जीपीएस र युएसवी टाइप–सी समावेश छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा